free website hit counter

आठ महिनामा जीवन बीमा कम्पनीले संकलन गरे ९८ अर्ब बढी बीमा शुल्क

beemaadmin
२०८० चैत्र १३, मंगलवार

काठमाडौं । आर्थिक मन्दीले वित्तीय क्षेत्रलाई नराम्रोसँग प्रभावित बताएको छ । सबै क्षेत्रमा आर्थिक मन्दीको असर परिरहेको छ । चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५९ करोड ६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो महिना अर्थात माघ महिनासम्म ८६ अर्ब ९२ करोड संकलन गरेका थिए । यसरी हेर्दा फागुन महिनामा मात्रै ११ अर्ब ६७ करोड कूल बीमा शुल्क संकलन गरेका हुन् । कूल बीमा शुल्क मध्ये १४ जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ र ३ लघु जीवन बीमा कम्पनीहरुले ५ करोड ८९ लाख बीमा शुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २६ अर्ब ३० करोड, दोस्रोमा एलआईसी नेपालले ११ अर्ब ५७ करोड र तेस्रोमा नेशनल लाइफले ११ अर्ब ५६ करोड कूल बीमा शुल्क संकलन गरेको छ । सबैभन्दा कम सन नेपाल लाइफ इन्स्योरेन्सले ८ महिनामा २ अर्ब ४७ करोड १० लाख रुपियाँ कूल बीमा शुल्क आर्जन गरेको छ । लघु बीमातर्फ गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले क्रमशः १ करोड ५९ लाख, ३ करोड ६१ लख र ६९ लाख ३७ हजार कूल बीमा शुल्क आर्जन गरेका छन् ।

सम्बन्धित समाचार