free website hit counter

आठ महिनामा निर्जीवन बीमा कम्पनीले २६ अर्ब प्रिमियम संकलन

beemaadmin
२०८० चैत्र १५, बिहीबार

काठमाण्डौ । आर्थिक मन्दीको असरबाट सबै क्षेत्र प्रभावित भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा पनि यसको प्रभाव नपर्ने कुरै भएन । चालु आर्थिक वर्षको ८ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीले फागुन मसान्तसम्म २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । विश्व आर्थिक मन्दीका बाबजुद पनि निर्जीवन बीमकहरुको यो व्यवसाय गत आवको यसै अवधिसम्मको तुलनामा १.१३ प्रतिशतले बढी हो । गत आवको यस अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब ८७ करोड ३३ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका थिए । यस अवधिसम्म सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले फागुन मसान्तसम्म ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेर सर्वाधिक व्यवसाय गर्ने कम्पनी बनेको छ । शिखर एक्लैले कुल व्यववसायको १४.२१ प्रतिशत व्यवसाय भित्र्याएको छ । मर्जरमा गएका कम्पनीलाई पछि पार्दै शिखर इन्स्योरेन्सले सर्वाधिक बीमा शुल्क आर्जन गरी पहिलो स्थान कायम गर्न सफल भएको छ । त्यस्तै दोस्रो बढी प्रिमियम भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले ३ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरी दोस्रो स्थान कायम गर्न सफल भएको छ । यसका साथै सिद्धार्थ प्रिमियमर इन्स्योरेन्सले पनि २ अर्ब ५६ करोड रुपैयाँ प्रिमियम संकलन गरी तेस्रो बढी व्यवसाय भित्र्याउने कम्पनी बन्न सफल भएको छ । त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ३० करोड, नेको इन्स्योरेन्सले २ अर्ब ११ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ८ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७४ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ५६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २६ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब २० करोड, द ओरियण्टल इन्स्योरेन्सले १ अर्ब १८ करोड, नेपाल इन्स्योरेन्सले ९९ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७६ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन् ।

सम्बन्धित समाचार