free website hit counter

आत्मनिर्भर लघुवित्तको नाफा घट्यो

beemaadmin
२०८१ श्रावण १६, बुधबार

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०८०–८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले गत आव २०८०–८१ को चौथो त्रैमाससम्ममा १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा ७१।२६ प्रतिशतले घटेको छ । संस्थाको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा १२ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३।५७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले ११ करोड ९५ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा भने ८ करोड ६१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । संस्थाले सम्भावित घाटाका लागि १७ करोड ६४ लाख रुपैयाँ छुट्टाएको छ । जसका कारण संस्थाको सञ्चालन मुनाफा ऋणात्मक बन्न पुगेको हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले सम्भावित घाटाका लागि ५ करोड ५४ लाख रुपैयाँको व्यवस्था गरेको थियो । यस्तै संस्थाको अन्य सञ्चालन आम्दानी १ करोड ८४ लाख रुपैयाँ रहेको छ । संस्थाको कर्मचारी खर्च १७.६५ प्रतिशतले बढेर ४ करोड ७ लाख र अन्य सञ्चालन खर्च भने १६.५६ प्रतिशतले घटेर १ करोड ११ लाख रुपैयाँमा सीमित बनेको छ । यस्तै संस्थाको रिजर्भको आकार ६.५० प्रतिशतले घटेर १९ करोड ८७ लाख रुपैयाँमा सीमित बनेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ८६ करोड १५ लाख र कर्जा प्रवाह १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ७.५८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १३.२२ प्रतिशत पुगेको छ ।

सम्बन्धित समाचार