free website hit counter

आधा दर्जन सिडओ यताउता

beemaadmin
२०७७ श्रावण १२, सोमबार

काठमाडौं । ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको हेरफेर गरेको छ । गृह मन्त्रालयले गरेको सरुवा अनुसार गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सर्लाही पठाइएको छ ।

त्यहाँ हालै मात्र गृहमा ल्याइएका तीर्थ भट्टराईलाई पठाइएको छ । यस्तै, सर्लाहीका प्रजिअ मोहनबहादुर जिसीलाई गृह मन्त्रालयमा तानिएको छ । धनुषाका सिडिओ कोशहरि निरौलालाई मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । धनुषाको सिडिओको जिम्मेवारी भने प्रेम प्रसाद भट्टराईलाई दिइएको छ ।

उनी केही अघि मात्र ललितपुर उपमहानगरबाट गृह मन्त्रालयमा सरुवा भएर आएका कर्मचारी हुन् । यता डडेलधुरामा बन्धुराज बास्कोटाले जिम्मेवारी पाएका छन । डडेलधुराका जगन्नाथ पन्तलाई धनगढी उपमहानगर पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बनाएर खटाइएको छ ।

सम्बन्धित समाचार