free website hit counter

आन्दोलनको क्षतिमा २३ अर्ब बढीको बीमा दाबी

beemaadmin
२०८२ आश्विन २३, बिहीबार

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ । विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबीको करिब रू २३ अर्ब २२ करोड ८७ लाख दाबी रकम रहेको तथ्यांक निर्जीवन बीमा कम्पनीहरूबाट नेपाल बीमा प्राधिकरणमा प्राप्त भएको हो । निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब रू १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ । निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार