गर्मी मौसम शुरु भएसँगै बजारमा आकर्षक देखिने आँप व्यापक देखिन थालेको छ। धेरैले आँप खान पनि शुरु गरिसकेका होलान्। आँप स्वादिलो, पौष्टिक र कुनै पनि उमेर समूहको प्रिय फल मानिन्छ। तर पछिल्लो केहि वर्ष यता आँप राम्ररी पाक्नु अगावै बजारमा ल्याउन र आकर्षक देखाउन हानिकारक रसायनको व्यापक प्रयोग हुन थालेको पाइन्छ। यो समस्या हाम्रो छिमेकी देश भारतमा पनि टाउको दुखाइको विषय बनेको पाइन्छ। यद्यपि हालसम्म यो समस्यालाई पूर्ण नियन्त्रणमा ल्याउन भने सकेको देखिँदैन। भारतमा जस्तै नेपालमा पनि वर्षेनी हानिकारक रसायनयुक्त आँपको बिक्रीको बारेमा चर्चा हुने गरेको पाहिन्छ। तर अनुगमन फितलो हुँदा वर्षेनी जसो रसायनयुक्त आँप खान बाध्य भइहेका छौं। र कुनै न कुनै स्वस्थ समस्याले उपभोक्ताहरु ग्रसित भइहेका पनि पाउँदछौं ।केहि वर्ष अगाडि केहि व्यक्ति आँप खाएपछि स्वास्थमा समस्या देखिएको भनेर यस अस्पतालमा आइपुग्नु भएका लेखकलाई सम्झना छ।
समय अगावै आँप पकाएर बजारमा ल्याउन क्याल्सियम ुकर्बाईडु नामक रसायनको प्रयोग विशेष गर्ने गरिन्छ। यसमा आर्सेनिक र फोस्फरस जस्ता रसायनहरु पनि हुने गर्दछ। यस्ता रसयुक्त आँप खाएपछि सास फेर्न असहजता हुने, वाक(वाक वा बान्ता हुने, पेट दुख्ने, कडा पखाला (कहिले कहिँ रगत पनि देखिने) लाग्ने, चक्कर लाग्ने, आलश्य हुने, टाउको भारी हुने, धड्कन बढ्ने जस्ता स्वस्थ समस्याहरु तत्काल देखिन गर्दछ। छाला तथा आँखामा पनि समस्याहरु देखिन सक्दछ। ुक्याल्सियम कर्बाईडु रसायन प्रयोग भएका फलफूल–खानेकुराको लामो समय प्रयोग गर्दा क्यान्सर विकशित हुने र कलेजो, मिर्गौला, स्नायु प्रणाली जस्ता अंगहरुमा दीर्घकालिन असर पार्न सक्ने विभिन्न अनुसन्धानहरुले देखाएका छन्।
ुक्याल्सियम कर्बाईडु रसायनको प्रयोग गरिएको हो होइन भनेर सतर्कता अपनाउन सबैमा आग्रह गर्ने गरिन्छ। तर धेरैलाई आँपमा विषादीयुक्त रसायन मिसाएको छ छैन भनेर घरमा परीक्षण गर्ने विधि भने थाहा भएको पाइँदैन। कतिपयलाई थाहा भए पनि विभिन्न कारणले खानु अघि घरमा जाँच गरेको पाइँदैन।यसबाट नेपाली समाजमा दीर्घकालिन स्वास्थमा समस्याहरु बढ्ने सम्भावना देखिन्छ। हाल आँप लगायत विभिन्न फलफूलहरु बजारमा प्रशस्त देखिन थालिसकेको छ भने जो कोहि बिरामी भए फलफूल खानलाई प्राथमिकता दिने गरिन्छ। तसर्थ ढिलो नगरी सम्बन्धित निकायले गुणस्तर अनुगमनमा कडाई गर्न जरुरी देखिन्छ। अझ, महत्वपूर्ण भनेको सरकारले नै (अरु स्वस्थमा सरोकार राख्ने गैर सरकारी संस्थाहरुले पनि) संचारका विभिन्न मध्यमहरु मार्फत हानिकारक रसायन मिसाएको हो होइन भन्ने थाहा पाउने सरल घरेलु विधिहरुको बारेमा निरन्तर प्रसारण गर्दा अझ उत्तम हुनेछ।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)