free website hit counter

आप्रवासनलाई ट्रम्पले किन देखे अदृश्य दुष्मन

beemaadmin
२०७७ बैशाख ९, मंगलवार

एजेन्सी । कोरोना संक्रमणको चर्को चपेटामा मुलुक परेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरससँग लड्न अमेरिकामा सबै आप्रवास अस्थायी रुपमा निलम्बन गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका छन्। कोरोना भाइरसलाई ‘अदृश्य दुश्मन’ को रुपमा व्याख्या गर्दै त्यसको आक्रमणबाट ‘महान अमेरिकी नागरिक’को कामको रक्षा गर्नुपर्ने आवश्यकतालाई औंल्याउँदै उनले यस्तो ट्वीट गरेका हुन्। ह्वाइट हाउसले पनि महामारीको सबैभन्दा खराब अवस्था समाप्त भइसकेको र देश पुनः खोल्न शुरु हुँदै गर्दा उनले यस्तो ट्वीट गरेका हुन्। अमेरिकाले क्यानडा र मेक्सिको दुबैसँग कम्तीमा मध्ये मेसम्म अनावश्यक यात्रामा सीमा प्रतिबन्ध बढाउने सहमति गरिसकेको छ। युरोप र चीनतर्फको आवागमन प्रतिबन्धित छ। यद्यपि, अस्थायी कार्य भिसा भएका व्यक्ति, विद्यार्थी र व्यवसायिक यात्रीहरुलाई भने छुट दिइएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार