free website hit counter

आप्रवासी कामदारलाई बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया

beemaadmin
२०८१ माघ २८, सोमबार

काठमाडौं । सन नेपाल लाइफ द्वारा मलेशिया स्थित नेपाली आप्रवासी कामदारलाई बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा आयोजित “नेपाली आप्रवासी कामदारलाई लक्षित गरि बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम मलेसियाको क्वालालम्पुर मा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशिया का लागि नेपाली राजदूत माहामहिम डा। नेत्रप्रसाद तिमसिना रहनुभएको थियो। साथै, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्याल ले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, बैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पार्नुभयो। सन नेपाल लाइफ इन्स्योरेन्स अप्रवासी नेपालीहरूका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध छ साथै सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा बतिस हजार अभिकतामार्फत देशभर र देश बाहिर रहनु भएका नेपाली नागरिकहरुलाई जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार