free website hit counter

आफ्नी श्रीमतीलाई साथीबाट बलात्कार गराएर दर्शक बन्ने श्रीमान पक्राउ

beemaadmin
२०७८ माघ ३, सोमबार

एजेन्सी । मान्छेको लहड र सनक पनि सुन्दै उदेकलाग्दो हुन्छ । एक व्यक्तिलाई आफ्नी श्रीमतीसँग परपुरुषले शारीरिक सम्बन्ध राखेको हेर्ने इच्छा थियो । उनले आफ्नो यो इच्छा पूरा गर्नको लागि आफ्ना एक साथीलाई घरमा लिएर आए । उनकी पत्नीलाई यो कुरा पटक्कै थाहा थिए । घटना सिंगापुरको हो । सिंगापुरको प्रमुख अखबार स्ट्रेट टाइम्समा प्रकाशित रिपोर्टका अनुसार यो दम्पतीको बिहे भएको २३ वर्ष भइसकेको छ र उनीहरुका ३ सन्तान पनि छन् ।

रिपोर्टका अनुसार ४८ वर्षका श्रीमानले आफ्नी ४४ वर्षकी श्रीमतीलाई परपुरुषबाट बलात्कार गराउने र आफूले हेर्ने योजना बनाए । यसका लागि उनले ४५ वर्षका साथीलाई घरमा लिएर आए । उनले पहिले मदिरामा बेहोसीको औषधि मिसाएर श्रीमतीलाई बेहोस बनाए । त्यसपछि उनले श्रीमतीको आँखामा पट्टी बाँधिदिए र बेडरुममा लगेर सुताए । त्यसपछि उनले साथीलाई श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न पठाए । तर, जब ती व्यक्तिले महिलालाई बलात्कार गर्न खोज्दै थिए त्यही बेला महिलालाई होस आयो त्यसपछि ती व्यक्ति त्यहाँबाट भागे ।

यो मामिलामा बिहीबार सिंगापुरको हाइकोर्टमा सुनुवाइ भयो र अदालतले बलात्कारको प्रयास गर्ने महिलाका श्रीमानका सहकर्मीलाई महिलाका श्रमिानसँग एक षड्यन्त्र र बलातकारको प्रयासको लागि दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सुनाएको छ । अदालतमा सुनुवाइमा बताइएअनुसार यी दुई पुरुष २०१५ देखि सहकर्मी थिए । महिलाका श्रीमानले आफ्नो सेक्स लाइफ सम्बन्धी सबै कुरा सहकर्मीलाई बताउँदे । एक दिन उनले आफूलाई आफ्नी श्रीमतीसँग परपुरुषले यौन सम्बन्ध राखेको हेर्ने इच्छा भएको बताएका थिए ।

उनले आफ्ना सहकर्मीलाई आफ्नी पत्नीसँग शारीरिक सम्बन्धको लागि राजी गराए र ३१ डिसेम्बर २०१७ मा उनलाई आफ्नो घरमा बोलाए । पहिले आरोपी उभिए र पतिले बेहोस पत्नीसँग प्रेम गरे । त्यसपछि पतिले उनलाई आफ्नी पत्नीसँग जान संकेत गरे । यस क्रममा उनीहरुका छोराछोरी र घरमा काम गर्ने महिला घरको अर्कोपट्टि सुतिरहेका थिए ।

ती व्यक्तिले महिलासँग जबरजस्ती शारीरिक सम्बन्ध राख्ने कोसिस गरे तर असफल भए । महिलालाई होस आउन थाल्यो र उनले एक अन्जान व्यक्तिले आफूसँग यौन सम्बन्धको प्रयास गरिरहेको महसुस गरिन् । महिलाले आँखाको पट्टी हटाउने कोसिस गर्न लागेपछि ती व्यक्ति भागे । पछि महिलाले निकै प्रयास गरेर ती व्यक्तिलाई खोजिन् त्यसपछि आफ्ना पति र ती व्यक्तिबाट कन्फेसन लेटर अर्थात गल्ती स्वीकार गरिएको पत्र लेखाइन् ।

घटनाको खुलासा त्यतिबेला भयो जब २ जनवरी २०२० मा अर्की एक महिलाले आफ्ना पतिको फोनमा आफ्ना अन्तरंग तस्वीर भेटेपछि पुलिसमा रिपोर्ट गरिन् । ती महिलाले रिपोर्टमा आफ्ना पति र केही अन्य व्यक्तिहरुले उनीविरुद्ध यौन अपराध गरेको आशंका पनि उल्लेख गरेकी थिइन् । यी महिलाका पतिलाई गिरफ्तार गरियो । यो केसको अनुसन्धानको क्रममा पहिले भएको घटनाका पति पनि जाँचको दायरामा आए ।

१० जनवरी २०२० मा आरोपीहरुलाई गिरफ्तार गरियो । डेप्युटी पब्लिक प्रोसिक्युटर ची इ लिंगले पत्नीको बलात्कारको मौजुदा मामिलामा आरोपीको लागि अढाइदेखि ३ वर्ष जेल सजायको माग गरेका थिए । तर, बचाव पक्षका वकिल नकुर्शा अब्दुल कादिरले आफ्ना क्लाइन्टले एक कन्फेसन लेटर लेखेका थिए त्यसैले सजाय २ देखि अढाइ वर्ष मात्र राख्न माग गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार