free website hit counter

आफ्नै भविष्य नदेखेका युवा ज्योतिष अर्जुन जेल चलान

beemaadmin
२०७७ श्रावण २३, शुक्रबार

काठमाडौँ । आफ्नै भविष्य नदेखेका युवा ज्योतिष जेल चलान भएका छन् । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा पक्राउ परेका अर्जुन थापा क्षत्रीसहित चार जना पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

जिल्ला अदालत काठमाडौँको आदेशले क्षत्रीसँगै राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार रेग्मी र जगदिश खड्कालाई पुर्पक्षको लागि जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् । यस्तै क्षत्रीसँगै पक्राउ परेका विजय रावल, राजेश गुरुङ, शंकर खड्का र श्याम सिंह थापा जनही १–१ लाख धरौटीमा रिहा भएको एसएसपी ज्ञवालीले बताए । त्यस्तै विवेक देवकोटा ५० हजार धरौटमा रिहा भएका छन् ।

गत २६ असारमा गैरकानुनी लाभ लिएको आरोपमा क्षत्रीसहित नौ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार