काठमाडौं । घाटामा रहेको नेपाल आयल निगमलाई नाफामा पुर्याएका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् । दिउँसो ४ बजे मन्त्रालयमा उद्योग मन्त्री रमेश रिजाल समक्ष राजिनामा पेश गरेका थिए । निगममा २१ महिना बिताएर कार्यकाल सकिन १५ महिना अगावै थानीले पदबाट राजीनामा दिएका हुन् । थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।