free website hit counter

आरएसडिसीको लाभांश घोषणा

beemaadmin
२०७९ मंसिर ११, आईतवार

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०७८र७९ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थ सहित गरी ३ प्रतिशत नगद लाभांश रहेको छ। मंसिर १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बकैंबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार