free website hit counter

आरम्भ चौतारी लघुवित्तद्वारा साधारण सभा आह्वान

beemaadmin
२०८१ पुष २३, मंगलवार

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । पुस २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले नवौं साधारण सभा डाकेको हो । उक्त सभा आगामी माघ १४ गते बनेपामा रहेको बनेपा पार्टी भेन्यूमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा भविष्यमा अन्य कुनै वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिन तथा प्राप्ती÷समाहित हुने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रवन्धपत्र र नियमावली संशोधन स्विकृतीको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०–८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०–८१ को वार्षिक लेखापरीक्षण प्रतिवेदन तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (वासताल, नाफा नोक्सान, नगद प्रवाह विवरण) सहितको लेखा विवरण, निर्देशन अनुसारका अन्य अनुसूचीहरु तथा कर्जा नोक्सानी व्यवस्थाको विवरण समेत छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए वमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र सञ्चालक समितिमा संस्थापक समूह (समूह क) बाट प्रतिनिधित्व हुने गरी संस्थापक शेयरधनीको तर्फबाट संख्या ४ र सर्वसाधारण समूह (समूह ख) बाट सर्वसाधारण सेयरधनीको तर्फबाट संख्या २ जनाको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि संस्थाले माघ २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार