free website hit counter

आर्यघाटबाट प्रहरीले उठायो शव

beemaadmin
२०७७ श्रावण १८, आईतवार

काठमाडौं । मान्छेको मृत्युपछि हुने अन्तिम संसकारका लागि पशुपति आर्यघाटमा पुगेको शवलाई प्रहरीले उठाएको छ भने छोरालाई पक्राउ गरेको छ । प्रहरीले पशुपति आर्यघाटमा जलाउन लागेको शव बरामद गरेको हो ।

स्थानीयको उजुरीपछि प्रहरीले आर्यघाटबाटै लास उठाएर अनुसन्धान थालेको हो । महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुर गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव बरामद गरेर उनका छोरा ३० वर्षका सन्तोष नेपालीलाई पक्राउ गरेको हो । हत्या भएको आशंकामा शव बरामद गरेर अनुसन्धान सुरु गरेको ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

प्रहरीका अनुसार गत बिहीबार राति रक्सी खाएका बेला कृष्ण र छोरा सन्तोषबीच झगडा भएको थियो । त्यसै क्रममा सन्तोषले बाबुमाथि कुटपिठ गरेका थिए । बिहान बाबु बेहोस देखेपछि सैनिक अस्पताल छाउनीमा उपचारका लगी लगेका थिए । तर अस्पतालले मृत घोषणा गर्‍यो । दाह संस्कारका लागि शव आर्यघाट लगिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार