free website hit counter

आशा लघुवित्तले तोक्यो साधारणसभाको मिति

beemaadmin
२०८२ मंसिर १२, शुक्रबार

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले कम्पनीको नवौं वार्षिक साधारणसभा बोलाएको छ । पुस ४ गते शुक्रबार धुलिखेलको होटल अरनिकोमा बोलाएको साधारणसभाले लाभांश पारित गर्ने लगायत एजेन्डामा छलफल गर्ने कम्पनीले जनाएको छ । कम्पनीले संस्थाको गत आर्थिक वर्षको मुनाफाबाट कुल चुक्ता पुँजीको ९ दशमलव पाँच प्रतिशतले हुन आउने छ करोड ९६ लाख रुपैयाँ बोनस शेयर वितरणको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । साथै, सो सम्बन्धमा प्रबन्धपत्रको दफा ६(ख) र (ग)मा केही संशोधन गर्ने तयारी समेत गरेको छ । साथै कम्पनीले कर प्रयोजनका लागि कुल चुक्ता पुँजीको शून्य दशमलव पाँच प्रतिशतले हुन आउने रकम नगद लाभांशको रूपमा पनि पारित गर्ने तयारी गरेको छ । संस्थाले लघुवित्त संस्थाहरू गाभ्ने गाभिने तथा एक्विजिसनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने तयारी पनि गरेको छ ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार