free website hit counter

इजराइलमा फेरि पाँच सय नेपाली कामदारले अवसर पाउने

beemaadmin
२०७७ चैत्र १९, बिहीबार

काठमाडौं। नेपाली युवाहरुको आकर्षक श्रम गन्तव्यको रुपमा रहेको इजराइलमा पाँच सय नेपाली कामदार पठाउने औपचारिक सहमति भएको केही समयपछि फेरि थप पाँच सय नेपाली कामदार पठाउने विषयमा सहमति भएको छ। इजराइलका लागि नेपाली राजदूत अञ्जान शाक्यले थप पाँच सय नेपाली कामदार इजराइल पठाउने विषयमा इजराइलसँग पहल गरेकी हुन्। अब बस्ने मन्त्रिपरिषद बैठकले इजराइलमा थप पाँच सय कामदार पठाउने विषयमा स्वीकृति दिने बताइएको छ।

यस अघि नेपाल र इजरायल सरकारबीच पाँच सय नेपाली श्रमिक सरकारी संयन्त्र मार्फत रोजगारीमा पठाउने गरी श्रम सम्झौता भएको थियो। गत माघमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि इजरायली राजदूत हनान गोडेर र बैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए।

Advertisement
Advertisement

तर सो मागको आवेदन भने खुलाउन बाँकी रहेको छ। इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट सहायक कामदारहरु पठाउने सम्बन्धि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएको थियो। प्रोटोकलअनुसार इजरायलमा महिला र पुरुष गरी पाँच सय नेपाली कामदार जाने भनिएको थियो।

Advertisement
Advertisement

सम्बन्धित समाचार