free website hit counter

इटलीको अवस्था अझै भयावह ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

beemaadmin
२०७६ चैत्र ११, मंगलवार

एजेन्सी । कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी ग्रस्त बनाएको मुलुक इटलीमा यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । सोमबार अस्पतालमा उपचाररत थप ६०१ मानिसको ज्यान गएपछि इटलीमा कुल मृतकको संख्या ६ हजार ७७ पुगेको हो । कोरोनाको इपिसेन्टर चीनले नयाँ संक्रमण हुन रोकथाम गरे पनि इटलीमा अवस्था भयावह बनेको छ । चीनमा हालसम्म ३ हजार २ सय ७७ मानिसको ज्यान गएकोमा इटलीमा त्यहाँभन्दा २ हजार ८०० बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाबाट ज्यान जानेको कुल संख्याको ३६।८० प्रतिशत संख्या इटलीको छ । हालसम्म विश्वमा यो रोगको संक्रमणका कारण १६ हजार ५ सय १० मानिसको ज्यान गइसकेको छ । इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँका ४ हजार ७ सय ८९ मानिसमा यसको लक्षण देखिएको छ । यहाँको कुल कोरोना संक्रमितको संख्या भने ६३ हजार ९ सय २७ छ । यीमध्ये ३ हजार २ सय ४ मानिसको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार