free website hit counter

इटलीको स्थिति अझै नियन्त्रण बाहिर, २४ घण्टामा ७ सय ४३ को ज्यान गयो

beemaadmin
२०७६ चैत्र १२, बुधबार

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण सिंगो विश्व नै आतंकित छ । विज्ञानलाई पनि पराजित गर्दै अघि बढेको कोरोनाको आतंक अझै नियन्त्रण बाहिर नै रहेको छ । विश्वभरका वैज्ञानिकहरुले कोरोना विरुद्धको औषधि परिक्षणको रुपमा ल्याए पनि प्रमाणित नभइसकेको अवस्थामा कोरोनाको आतंक नियन्णण्मा आउन नसकेको हो । सबैभन्दा नराम्रोसँग प्रभावित भएको मुलु्क इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो । इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । इटलीमा आइतबार र सोमबार मृत्युको संख्या केही कम देखिएको थियो । बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने संकेत नदेखिएको बीबीसीले लेखेको छ ।
कोरोना संक्रमणका कारण इटलीमा बिहीबार ४२७, शुक्रबार ६२७ र शनिबार ७९३ जनाको मृत्यु भएको थियो । तर आइतबार घटेर ६५१ र सोमबार झन् घटेर ६०२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । मंगलबार भने बढेर ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको तुलनामा १४१ ले बढी हो ।
इटली कोरोना भाइरसबाट विश्वका सबैभन्दा बढी प्रभावित देशको सूचीमा छ । यहाँ ६ हजार ८ सय २० जनाले ज्यान गुमाइसकेका छन् । इटलीमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा लामो समयदेखि लकडाउन गरिएको छ । तर पनि मृत्यु रोकिएको छैन । इटली विश्वका सबैभन्दा धेरै पाका व्यक्ति भएको देश हो । बढी उमेरका व्यक्ति संक्रमणको चपेटामा छिटो आउँछन् र उनीहरुलाई जोगाउन मुस्किल हुन्छ । महामारी विशेषज्ञ पियरलुइजी कोकोले बीबीसीसँग भनेका छन्, ‘इटलीका जनताको साँस्कृतिक र सामाजिक गतिविधि पनि संक्रमण फैलाउन मद्दत गरेको छ । यहाँका जनता समूहमा बस्छन्, भेट्नासाथ एकअर्कालाई चुमेर प्रेम साटासाट गर्छन् । परिवारका सदस्यहरु पनि आपसमा निकै नजिक हुन्छन् । इटलीमा कोरोना भाइरसका कारण मृत्युको संख्या बढे पनि संक्रमण दरमा भने केही दिनयता केही कमी आएको छ । इटलीका अधिकारीहरुका अनुसार संक्रमण दर एक प्रतिशतले घटेको छ । व्यक्तिगत दुरी बढाउने नियमको कडा पालना गर्दा संक्रमणको दर घटेको बताइएको छ । इटलीमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ६९ हजार १ सय ७६ छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार कोरोना भाइरस १९५ देशमा फैलिएको छ । यसबाट १६ हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने ३ लाख ७५ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार