free website hit counter

इटलीमा एकै दिन ३ सय ४६ को मृत्यु

beemaadmin
२०७६ चैत्र ५, बुधबार

एजेन्सी । चीनपछि कोरोनाको निशानामा परेको इटलीमा संक्रमणका कारण ज्यान जानेको संख्या २ हजार ५ सय नाघेको छ । इटलीमा बितेको २४ घण्टामा थप ३ सय ४६ कोरोना संक्रमितको ज्यान गएको छ । यो एकै दिन भएको अहिलेसम्मकै उच्च मृत्यु हो । योसँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ पुगेको छ । वर्ल्डओमिटर्सका अनुसार, ३१ हजार ५ सय ६ जना संक्रमित छन् । बितेको २४ घण्टामा मात्रै २ हजार ५ सय ३ मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित २ हजार ९ सय ४१ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् ।
अर्को युरोपियन देश स्पेनलाई पनि कोरोनाले सताएको छ । यहाँ पछिल्लो २४ घण्टामा १९१ मानिसको ज्यान गएको छ । योसँगै कोरोनाबाट स्पेनमा ज्यान गुमाउनेको संख्या ५ सय ३३ पुगेको छ । फ्रान्समा १ सय ७५ र जर्मनीमा २६ जनाको ज्यान गएको छ । कोरोनाविरुद्ध लड्न विभिन्न उपाय अवलम्बन गरेका युरोपेली युनियन सम्बद्ध राष्ट्रहरूले मृत्यु र संक्रमणदर ह्वात्तै बढेपछि सतर्कता अपनाइरहेका छन् । यही क्रममा ईयूले २६ देशका सीमा नाका ३० दिनका लागि बन्द गर्ने निर्णय लिएका छन् । कोरोना भाइरसबाट बितेको २४ घण्टामा विश्वभर ८२६ जनाको मृत्यु भएको छ । संक्रमणदर घट्दो क्रममा रहेको चीनमा भने पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । संक्रमणदर पनि चीनले ह्वात्तै घटाएर दुई अंकमा झारेको छ । हाल चीनमा कोरोनाको संक्रमण दर १३ देखिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार