free website hit counter

इटलीले माग्यो अमेरिकासँग सहयोग

beemaadmin
२०७६ चैत्र १०, सोमबार

एजेन्सी । कोरोना भाइरसका कारणा सबैभन्दा धेरै क्षती इटलीले व्यहोरेको छ । इटलीले आफ्नो देशको स्थिती हेरेर अन्य देशले पाठ सिक्न आग्रह गरेको छ । कोरोना भाइरसको उत्पत्ति चीनमा भएपनि यसले चीनमा भन्दा इटलीमा विध्वंस मच्चाएको छ । चीनमा गत वर्ष नोभेम्बरमा यो भाइरसको उत्पत्ति भएको थियो ।
कोरोना संक्रमणका कारण इटलीमा आइतबार मात्रै ६ सय ५१ को मृत्यु भएको छ । यससँगै मृतकको संख्या पाँच हजार ४ सय ७६ पुगेको छ । शनिबार यहाँ ७ सय ९३ को मृत्यु भएको थियो । कोरोना भाइरसको संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ । मृतकको संख्या दिनानुदिन वृद्धि भएपछि इटलीको सरकारले अमेरिकाका रक्षा सचिव मार्क एस्परलाई सहयोगका लागि प्रत्यक्ष अपिल गरेको छ । अमेरिकी रक्षा अधिकारले यसबारे जानकारी दिएका हुन् ।
इटलीका रक्षामन्त्रीले एस्परलाई चिकित्सा उपकरण जस्तै, मास्क र भेन्टिलेर सहयोग गरिदिन आग्रह गरेका छन् । साथै इटलीको सरकारले इटलीमा भएका अमेरकी सैनिकलाई स्वास्थ्यकर्मी प्रदान गरिदिन र कोरोना विरुद्ध लडिरहेका इटलीका सैनिकलाई ‘फिल्ड हस्पिटल’ प्रदान गरेर सहयोग गरिदिन पनि आग्रह गरेका छन् । एस्परले केही दिन अघि कोरोना भाइरसविरुद्ध लड्न अमेरिकाको रक्षा विभागमा मास्क र भेन्टिलेटर स्टक गरेर राखिएको जानकारी दिएका थिए । इटलीको सेनाले अस्पताललाई मात्रै भार नपरोस् भनेर फिल्ड अस्पताल निर्माण गर्न सक्ने दक्ष जनशक्तिलाई सक्रिय पारेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार