free website hit counter

इटालीमा कोराना संक्रमण भयावह, विश्वसँग सम्पर्कविच्छेद

beemaadmin
२०७६ फाल्गुन २९, बिहीबार

एजेन्सी । कोरानाको उद्गमस्थल चीनको बुहानमा त्यसको संक्रमणदर नियन्त्रणमा आइसक्दा विश्वका अन्य मुलुकलाई भने कोरोना संक्रमणले नराम्रोसँग अत्याइरहेको छ । कोरोना भाईरसको संक्रमण बढेपछि ईटालीको विश्वसमुदायसँग हवाई र रेल सम्पर्क पूर्ण रुपमा बन्द अवस्थामा पुगेको छ । चीनभन्दा तीन सातापछि कोरोना भाईरसको संक्रमण देखिए पनि अहिलेसम्मकै खराब असर व्यहोरिरहेको ईटालीमा मार्च १२ तारिखसम्ममा विश्वभरबाट हुँदै आएको ९५ प्रतिशत हवाई उडान बन्द भईसकेको छ । मार्चा १४ बाट हाल उडान भरिरहेका अधिकाशं देशले उडान रोक्ने घोषणा गरेका छन् । जस अनुसार मार्च १५ पछि ईटालीबाट बाहिरिन चाहने र ईटाली जानुपर्ने यात्रुले त्यसअघिनै यात्रा गरिसक्नुपर्ने भएको छ ।
यसैगरि ईटालीको छिमेकी देशहरु फ्रान्स र अष्ट्रियाले हवाई उडान १४ तारिखबाट मार्चा ३ तारिखसम्म बन्द गर्ने घोषणा गरेको छ । रेल मार्गले छोएका यि देश सहित स्लोभेनिया, स्विजरल्याण्ड समेतले रेल सेवा बन्द गर्दै अनुमतिविनिा देशभित्र प्रवेशमा रोक लगाएका छन् ।
स्पेन सहित बेलायतले समेत ईटालीमा गर्दै आएको सम्पूर्ण उडान रद्दको घोषणा गर्दै अर्को सूचना नभएसम्म उडान नहुने बताएका छन् । ईटाली सरकारले देशभर आपतकाल घोषणा गर्दै अप्रिल ३ तारिखसम्म अत्यावश्यक काम बाहेक घरबाहिर ननिक्लन नागरिकहरुलाई आग्रह गरेको छ । बिहिबार मात्र ईटाली सरकारले देशभरका होटल तथा रेष्टुरेष्ट बन्द गर्न आदेश दिएको छ । होटल रेष्टुरेण्ट समेत कोरोना भाईरस संक्रमण फैलनुको एक कारण भएको भन्दै त्यहाँका प्रधानमन्त्री गिउसेप्पे कोन्तेले बन्द गर्न आग्रह गरेका छन् । तर औषधि पसल सहित अत्यावश्क सामग्री विक्रिहुने खाद्यान्न तथा दैनिक उपभोग्य सामानका पसलहरु भने संक्रमण फैलन नदिने उपायहरु अपनाएर नियमित सञ्चालन गर्न आग्रह गरेका छन् ।
मार्च १२ बिहिबार अपरान्हसम्ममा ईटालीमा कोरोना भाईरसबाट संक्रमित ८ सय ३२ जनाले ज्यान गुमाउँदा करिव ११ सय व्यक्ति गम्भिर अवस्थामा रहेको बताईएको छ । यसैगरि कोरोना भाईरसबाट संक्रमितको संख्या १२ हजार ५ सय पुष्टि हुँदा लाखौं नागरिकको स्वास्थ्य परिक्षण थालिएको छ । कोरोना भाईरसको संक्रमण भएका १ हजार ४५ जनाको स्वास्थ्यमा भने सुधार आएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार