free website hit counter

इन्दिरा बनिन् सूर्या लाइफको ब्राण्ड एम्बेसडर

beemaadmin
२०७६ फाल्गुन ५, सोमबार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडर गायिका तथा लोकप्रिय टेलिभिजन शो नेपाल आइडलकी जज इन्दिरा जोशी नियुक्त भएकी छिन् । काठमाडौंको होटल ¥याडिशनमा उनले कम्पनीसँगको सम्झौता पत्रमा हस्ताक्षर गरेकी छिन् ।
उनलाई सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट एमडीआरटीका विजेता अभिकर्ताहरू सहित कम्पनीका सीईओ र अध्यक्ष तथा कम्पनी बोर्डका निर्देशकहरुले स्वागत गरेका थिए ।
कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ ब्राण्ड एम्बेसडर पाएकोमा खुशी व्यक्त गर्दै यसले कम्पनीलाई नयाँ दिशामा अघि बढाउने बताए । उनले भने, हामी सबै मिलेर नयाँ अवसरको खोजी र चुनौतीको सामना गर्दै सबै उमेर, समूह र क्षेत्रका मानिसको बीमा गराउन सक्छौं भन्ने मलाई लाग्छ ।
कम्पनीका सीईओ शिवनाथ पाण्डेले ब्राण्ड एम्बेसडरको सहयोगमा कसरी ग्राहकसँग जोडिन र उनीहरुलाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए । उनको प्रभाव ग्राहकलाई बिमाको लागि प्रेरित गर्न र जीवन बिमाको विषयमा धेरै सचेतना आवश्यक रहेका मानिसलाई पनि जीवन बीमाको विषयमा जानकारी दिन निकै महत्वपूर्ण छ, उनले भने ।
गायिका जोशीलृे सूर्या लाइफको ब्राण्ड एम्बेसडर बन्न पाउँदा निकै उत्साहित र गौरवको महशुस गरिरहेको बताइन् ।

सम्बन्धित समाचार