free website hit counter

इन्स्योरेन्स इन्ष्टिच्युट सफलताको पहिलो पाइला

beemaadmin
२०७६ माघ २, बिहीबार

काठमाडौं । बीमासम्बन्धी चेतना अभिवृद्धि गर्दै त्यस व्यवसायमा लागेका र लाग्न चाहनेहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्थापना भएको इन्स्योरेन्स इन्ष्टिच्युटले पहिलो वर्ष पार गरेको छ । गत वर्षको माघ १ गते स्थापना भएको सो संस्थाले एक वर्षको अवधीमा झण्डै चार लाख रुपैयाँ कर भुक्तानी समेत गरेको छ । बीमा सम्बन्धी तालिम इन्टिच्यूट कम्पनी ऐन, २०६३ अन्तर्गत इन्स्यारेन्स इन्स्टिच्युट स्थापना गरिएको हो । बीमा समितिको २२ प्रतिशत, ४० वटा जीवन, निर्जिवन र पुर्नबीमा कम्पनीका २।२ प्रतिशत लगानी रहेको इन्स्योरेन्स इन्स्टिच्युट नेपालले सञ्चालनमा आएको पहिलो वर्ष नै ११ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ३० लाख ७८ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको हो । सञ्चालनमा आएको छ महिनामा सो रकम संकलन गरेको कम्पनीले त्यसयता थप ३० लाख आम्दानी गर्न सफल भएको जनाएकोछ । एक वर्षको अवधीमा कम्पनीले ४२ वटा तालिम सञ्चालन गरेको छ । वर्षदिनको अवधीमा एक हजार भन्दा बढीले इन्स्टीच्यूटमार्फत मार्फत तालिम लिइसकेको इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत वरिष्ठ बीमा विज्ञ भोजराज शर्माले बताउनुभयो ।
उक्त तालिममा सहभागी हुने अधिंकाश बीमा कम्पनीहरुका कर्मचारी, बीमा समितिका कर्मचारी र बैंकका कर्मचारीहरु पनि रहेको बताइन्छ । कम्पनीको पहिलो साधारणसभामार्फत चुक्ता पुँजीलाई वृद्धि गरी पाँच करोड कायम गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै कम्पनीको अधिकतम पुँजी १० करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार