free website hit counter

इभेस्टमेन्ट बैंकले ल्यायो सुरक्षित पेमेन्ट गेटवे

beemaadmin
२०७६ आश्विन १२, आईतवार

काठमाडौं । घटस्थापनाको शुभ अवसर पारेर नेपाल इभेस्टमेन्ट बैंकले आफ्ना डेबिड तथा क्रेडिट भिसा कार्ड वाहक ग्राहकहरूका लागि सबैभन्दा सुरक्षित र सरल अनलाइन कारोबारका सुविधा प्रदान गर्न आफ्नै पेमेन्ट गेटवे आरम्भ गरेको छ। यो पेमेन्ट गेटवेले व्यापारिक भुक्तानी पोर्टल, प्राप्तिकर्ता बैंक, भिसाजस्ता कार्ड विनियम प्रणाली र जारीकर्ता बैंकबीच कारोबार भएकै समयमा भुक्तानी सहजीकरण सुविधा प्रदान गर्दछ।
प्रयोगकर्ताहरूका लागि प्रणालीमाथि विश्वसनीय सुनिश्चिता कायम गर्न उच्च सुरक्षित इन्क्रिप्सन र अन्य बहुआयामिक सुरक्षा विधिहरूबाट कारोबारका डाटाहरू सुरक्षित बनाइएको बैंकले दाबी गरेको छ।
नेपाल इभेस्टमेन्ट बैंकले आफ्नो सेवालाई चुस्तदुरुस्त र विश्वसनीय प्रणाली विकास गरी नेपाली बैंकिङलाई विश्वव्यापी मानका लैजाने उद्देश्यअनुरुप यो सेवा सञ्चालनमा ल्याएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकका हालसम्म ८२ शाखा, १२२ एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५५ शाखारहीत बैंकिङ काउन्टर सञ्चालनमा छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार