free website hit counter

इरानद्वारा खामेनीको हत्याको बदला लिने घोषणा

beemaadmin
२०८३ असार १८, बिहीबार

काठमाडौं– इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ।

बीबीसी पर्सियन सेवाका अनुसार परिषद्का सचिव मोहम्मद बाकेर जोलकद्रले हस्ताक्षर गरेको सन्देश सार्वजनिक गर्दै खामेनीको ‘रगतको बदला’ उनका हत्यारासँग अवश्य लिइने चेतावनी दिइएको छ। उक्त सन्देश सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको हो।

Advertisement
Advertisement

खामेनीको गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको इरानी पक्षको दाबी छ। सोही आक्रमणमा इरानका अन्य उच्च अधिकारी तथा खामेनीका परिवारका केही सदस्य पनि मारिएका थिए।

Advertisement
Advertisement

बीबीसीका अनुसार खामेनीको अन्त्येष्टि समारोह जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मशहदमा आयोजना गरिनेछ। साथै इराकका बगदाद, काजिमैन, करबला र नजफमा पनि शोकसभा आयोजना गरिने जनाइएको छ।

इरानको पछिल्लो घोषणाले अमेरिका–इजरायल र इरानबीचको तनाव थप चर्किन सक्ने आकलन गरिएको छ।

सम्बन्धित समाचार