काठमाडौं। पाकिस्तानको इस्लामाबादमा भएको वार्तामा इरानको परमाणु गतिविधि रोक्न अमेरिका र इरानले एक–अर्कालाई प्रस्ताव दिएका थिए। अल जजिराका अनुसार इरानले ५ वर्षसम्म परमाणु परियोजना रोक्ने प्रस्ताव राखेको थियो। तर अमेरिकाले त्यसलाई स्वीकार गरेन र २० वर्षसम्म रोक लगाउनुपर्ने मागमा अडिग रह्यो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट होर्मुज जलघाँटीमा समुद्री नाकाबन्दी सुरु गरिएको छ। यो निर्णय सोमबार साँझ ७ः४५ बजे (अमेरिकी समयअनुसार बिहान १० बजे) देखि लागू गरिएको हो। ट्रम्पले चेतावनी दिएका छन् कि यदि कुनै पनि इरानी जहाज अमेरिकी नाकाबन्दी नजिक आएमा त्यसलाई तुरुन्त नष्ट गरिनेछ। यसका लागि समुद्रमा लागुऔषध तस्करी गर्ने जहाजहरू रोक्दा अपनाइने जस्तै छिटो र कडा उपाय अपनाइनेछ। यस निर्णयअनुसार होर्मुज हुँदै गुज्रिन खोज्ने सबै जहाजलाई रोकेर जाँच गरिनेछ। विशेषगरी इरानलाई टोल ९शुल्क० तिरेका जहाजहरूमा कडा निगरानी गरिनेछ।