free website hit counter

इलाममा आइएमई लाइफद्वारा बीमित सम्मान तथा चियापान कार्यक्रम सम्पन्न

beemaadmin
२०८३ जेष्ठ २०, बुधबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले इलाममा बीमित सम्मान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। एमडीआरटी रामबहादुर मगरको आयोजनामा भएको कार्यक्रममा १०२ जना बीमितलाई मायाको चिनोसहित सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कम्पनीका कोशी प्रदेश प्रमुख मिलन दाहालले जीवन बीमाको आवश्यकता र यसको महत्वबारे प्रकाश पार्दै बीमाले भविष्य सुरक्षित गर्ने महत्वपूर्ण माध्यम भएको बताए।

Advertisement
Advertisement

विशिष्ट अतिथि एमडीआरटी नेपाल टप लिडरले बीमा पश्चात प्राप्त हुने सुविधा र वर्तमान समयमा बीमाको आवश्यकताबारे जानकारी गराएका थिए। उनको प्रस्तुति सहभागीहरूका लागि उपयोगी र प्रेरणादायी भएको बताइएको छ।

Advertisement
Advertisement

सभाध्यक्ष एमडीआरटी रामबहादुर मगरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे। कार्यक्रममा आइएमई लाइफका इतिहासकै पहिलो एमडीआरटी मीना गुरुङको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बीमा अभियन्ता, अभिकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार