free website hit counter

इ-ढेवा सुपर एप बजारमा

beemaadmin
२०७७ असार ७, आईतवार

काठमाडौं । डिजिटल युगको सुरुवातसँगै भुक्तानी सरलीकरणका दर्जनौँ एप प्रयोगकर्ता माझ आउँदा दैनिकी चल्न सहज भएको छ । यसै बिच रेमिटयान्सको अनलाइन भुक्तानी सेवालाई लामो समय देखि सहजीकरण गरिरहेको आइ—पे र माइक्रोसफ्टको नेपालको लागि आधिकारिक बिक्रेता जनलिमिटेडको संयुक्त सहकार्यबाट इ-ढेवा सुपर एप बजारमा आउन सफल भएको छ । यो एपलाई दुई वर्षदेखि व्यवसायीरुपमा सफल प्रयोगका लागि परीक्षण पश्चात् बजारमा ल्याइएको कम्पनी स्रोतले बताएको छ । यस छोटो अवधिमा यो सुपर एपको प्रयोगकर्ता सख्ंया हाल ५० हजारको हाराहारीमा पुगिसकेको जनाइएको छ । डिजिटल युगमा यस प्रकारका एपको प्रयोगकर्ता सख्ंयामा वृद्धि हुँदै गएको पाइएको छ । सेवा उपल्वध गराउने मार्चेन्ट र उपभोक्ता बिच साझा प्लाटर्फम बन्न सफल भएको छ इ-ढेवा । यस एपको परिधि र प्रयोगलाई फराकिलो बनाउने उद्देश्यले नेपालमा पहिलो पटक र्भच्युल मलको सफल सञ्चालन गर्ने मुञ्चा डट कम ले सहकार्य गरेको छ । यो अनलाइन विदेशमा बस्नेले स्वदेशमा रहेका आफन्तलाई उपहार इत्यादि सामाग्रीको अर्डर अनुसार घरसम्म ¥ल्याइदिने व्यवसायमा स्थापित नाम हो ।
हाल बजारमा विभिन्न प्रकारका भुक्तानीलाई सहज बनाउन दर्जनौँ नाम गरेका एप भेटिने गर्दछ । प्रत्येक कारोबारमा उपभोक्ता र मर्चेन्ट दुवै तर्फबाट यस प्रकारका भुक्तानी प्रदायक एपले कमिसन पाउने गर्दछ । विशेष गरी वित्तीय सेवाका डेबिट तथा क्रेडिट कार्ड प्रयोगको सेवा शुल्क भित्र पेमेन्ट सोलुसन कम्पनीको समेत कमिसन जोडिएको हुन्छ । तर इ-ढेवाको सेवा प्रयोगमा उपभोक्तालाई कुनै आर्थिक भार पर्देन् । तर सेवा उपलब्ध गराउने मार्चेन्टबाट कोबारको प्रकृ्रती अनुसार ०।५ देखि १० प्रतिशत कमिसन प्राप्त गर्दछ । यस एपको पूर्ण निमार्णमा ८ वर्ष लागेको कम्पनीले जनाएको छ । सुरुवातमा इ-ढेवाको प्रयोग सहकारी समूहका अनलाइन पेमेन्टका लागि भएको थियो । आइ-पेको साथ पाए पछि केन्द्रीय बैकिङ प्रणालीमा जोडिन पुगेको पछि यस सुपर एपको प्रयोग मार्फत विकास बैंक , वित्त कम्पनी त्यस्तै बिमा क्षेत्रका प्रिमियम भुक्तानी समेत सहज बनेको छ । यस एपको विभिन्न लाभदायक विशेषता मध्ये दैनिक भुक्तानीको तालीकी करण गर्न सकिने, ग्राहकको ठेगाना राखेपछि त्यही स्थानमा मुञ्चा मार्फत अन्य सामान अर्डर अनुसार मगाउन सकिने लगायतका रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार