free website hit counter

ईन्स्योरेन्स फाईनान्सियल लिडर्सलाई सम्मान तथा रिफ्रेसमेन्ट तालिम सम्पन्न

beemaadmin
२०८१ भाद्र ८, शनिबार

काठमाडौं । आईएमईलाईफ ईन्स्योरेन्सको दमक शाखामा स्थापना कालदेखि कार्यरत सिनीयर एजेन्सि मेनेजर हेमकला न्यौपानेले आफू र आफ्नो टिम अन्तर्गत रहेर काम गरिरहनुभएका सिनियर एजेन्सि, मेनेजर एजेन्सि मेनेजरहरुलाई सम्मान, स्किम वितरण प्रीमियम क्लव, एमडीआरती, धौलागिरी, मनास्लु, राईजिङ स्टार क्लव पुग्नुभएका टिमहरुलाई सम्मान गरेको हो।


टिम ब्यवसायमा, अभिकर्ता जोड्ने र ब्यक्तिगत कोडमा उत्कृष्ट ब्यवसाय गर्ने तिनवटै बिधाका प्रथम, दोश्रो र तेश्रो स्थान हासिल गर्न सफल एजेन्सिहरुलाई अवार्ड साथ सम्मान गरेकोछ । काम गर्न थप उर्जा मिलोस आगामि दिनमा अझै थप उन्नति साथै प्रेरणा मिलोस लक्ष्य निर्धारण अनुसार काम होस् भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेको हो । आईएमई लाईफ ईन्स्योरेन्स प्रदेश प्रमुख मिलन दाहाल प्रमुख आथित्यमा भएको सो कार्यक्रममा उर्लाबारी शाखा प्रमुख पुस्कर पोख्रेल, पथरी शाखा प्रमुख चन्द्रकुमार राईले बधाई तथा सुभकामना दिनुभएको थियो । साथै सहभागीलाई विराटचोक शाखाका प्रमुख यामनाथ दाहालले ईन्स्योरेनस जगतमा मोटिभेषनले स्पिचमा सहभागीले अझ सफल्ता प्राप्त गर्न उर्जावान र उत्साहित बनाउनुभएको थियो । उर्लाबारी, दमक र काँकरभिट्टा शाखामा ऐतिहासिक सफलता राख्ने सिनियर एजेन्सि मेनेजर तथा एजेन्सि मित्रहरू साथै सामाजिक ब्यक्तित्वहरुको उपस्थिति समेत रहेको कार्यक्रममा राजेन्द्र भट्टराईले राख्नु भएको स्वागत मन्तब्यसँगै दमक शाखाका शाखा प्रमुख ङिमा शेर्पाले कार्यक्रम सन्चालन गरेको हो ।
यश कार्यक्रममा आफ्नो टिम लिडरले प्रीमियम क्लव एचिव गरेको खुसियालीमा सप्राईज स्वरुप केक काटेर खुसि तथा हौसला बढाईदिनु हुने डम्बर कुमारी ठकाल र यशोधा श्रेष्ठ लागायत सम्पूर्ण उपस्थितिहरुमा कार्यक्रम सब्य र भब्य बनाउन सहयोग गर्नुहुने धन्यवाद ज्ञ्यापन गर्नु भयो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार