काठमाडौं । पहिलो चरणको कोरोना संक्रमणमा लकडाउनका कारण जोगिएको राजधानी यस पटक नराम्रोसँग आक्रान्त भएइको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार २ सय ९२ जनाको पीसीआर गर्दा तीन हजार ३२ जना र ७ सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ३ हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । आज कोरोना पुष्टि भएका सङ्क्रमितमध्ये १ हजार ४ सय ९८ जना काठमाण्डौ उपत्यकाका छन् । आज ४ सय ५० जना निको भएर घर फर्किएका छन् ।