काठमाडौ्र्र । निरन्तर ओरालो लागेको सुनको मूल्य बढेको छ । बैशाख १६ गते, बिहीबार सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन भने सुनको मूल्य ७०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । बिहीबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच हुँदैछ । बुधबार चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार ३०५ रुपैयाँमा झरेको थियो ।