free website hit counter

उडानसम्बन्धी जानकारी दिने डिस्प्लेमा कहाँबाट छिर्यो अश्लील सामग्री

beemaadmin
२०७९ जेष्ठ १४, शनिबार

एजेन्सी । प्रविधिको प्रयोगले धेरै सजिलो बनाएको छ भने कहिलेकाहीं नराम्रोसँग सताउने पनि गरेको छ । ब्राजिलको रियो दि जेनेरियोमा रहेको एउटा एयरपोर्टमा एउटा लाजमर्दो भिडियो सार्वजनिक भएको छ। यात्रुको सुविधाका लागि राखिएका इलेक्ट्रोनिक डिस्प्लेहरूमा विज्ञापन र उडानसम्बन्धी जानकारीको सट्टा अश्लील सामग्री प्रसारण भएको छ । ब्राजिलको एयरपोर्ट प्राधिकरण इन्फ्रारोले यस विषयमा संघीय प्रहरीलाई रिपोर्ट गरेको छ।
सान्तोस डुमोन्ट एयरपोर्टमा अश्लील प्रदर्शनले धेरै यात्रुहरूलाई असहज बनाएको थियो । दृश्यका कारण धेरै मानिसहरू छक्क परेका थिए भने केहीले आफ्ना बच्चाहरूलाई वयस्क सामग्री हेर्नबाट जोगाउन व्यस्त थिए । घटनाबारे सामाजिक सञ्जालमा भाइरल भइरहेका केही भिडियो क्लिपमा मानिसहरु हाँसेको पनि देख्न सकिन्छ। विज्ञानपन कम्पनीको लापरबाहीले त्यस्ता घटना भएको विमानस्थल स्रोतले जनाएको छ । ह्याक गरिएका स्क्रिनहरूबारे विमानस्थल प्राधिकरणले अनुसन्धान गरेको छ।
‘हामी जोड दिन्छौं कि हाम्रो मिडिया स्क्रिनमा देखाइने सामग्री विज्ञापन अधिकार भएका कम्पनीहरूको जिम्मेवारी हो’, इन्फ्रारोले भनेको छ। सूचना सेवाहरू अर्को कम्पनीलाई आउटसोर्स गरिएको विमानस्थल प्राधिकरणले एक विज्ञप्तिमा जनाएको छ।

सम्बन्धित समाचार