free website hit counter

उत्कृष्ट अभिकर्ता र एजेन्सी म्यानेजरलाई सम्मान

beemaadmin
२०८१ भाद्र १२, बुधबार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सुर्यज्योती लाइफ इन्स्योरेन्सले उत्कृष्ट कार्य गर्ने अभिकर्ता र एजेन्सी म्यानेजरलाई एक विशेष कार्यक्रम गरी सम्मान गरेको छ। कम्पनीको पोखरा शभागृह चोक शाखाले गत आर्थिक बर्ष २०८०–८१ मा उत्कृष्ट कार्य गर्ने आफ्ना अभिकर्ता र एजेन्सी म्यानेजरलाई एक विशेष कार्यक्रम गरी सम्मान गरेको हो । पोखरा शभागृह अन्तर्गत रहेर मासिक निक्षित प्रोत्साहन रकम प्राप्त गर्न सफल २३ जना, सिइओ क्लब सदस्यः ३ जना (सरला अचार्य, लोक कुमारी क्षेत्री , दिलिप गुरुङ्ग), चियरम्यान क्लब सदस्यः ३ जना (शकुन्तला गुरुङ, बबि गुरुङ, बिनम गुरुङ), एमडीआरटी १ जना (बबि गुरुङ), मासिक उत्कृष्ट कार्य गर्ने १२ जना, स्टार एजेन्सी म्यानेजर ३ जना (सरला अचार्य, बबि गुरुङ ,शकुन्तला गुरुङ), बिभिन्न सिजन प्रादेशिक, राष्ट्रिय स्किम जित्न सफल ५ जनालाई सम्मान गरेको हो । त्यस्तै, बार्षिक प्रथम प्रिमियममा प्रथम हुने बबि गुरुङ्ग ,दोस्रो हुने बिनम गुरुङ्ग र तेस्रो हुने नारायण थापा, बार्षिक टीम बिजनेसमा प्रथम हुने शकुन्तला गुरुङ, दोस्रो हुने बबि गुरुङ्ग र तेस्रो हुने सरला अचार्यलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, आफ्नो टीम बाट बर्ष भरिनै उत्कृष्ट गर्ने सरला अचार्यलाई विशेष सम्मान प्रदान गरिएको छ। कार्यक्रममा अन्नपूर्ण क्षत्रीय प्रमुख मीन बहादुर जीसीले कम्पनी, शाखा र बीमा क्षत्रको बर्तमान अवस्था र भाबी रणनीतिका बारेमा उपस्तिथित सबैलाई प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा प्रदेश प्रमुख रामजि बराल ,शाखा प्रमुख हिरा पहारी र सेल्स एक्जुकेटिभ बिबेक त्रीपाठीले पनि आफ्ना भनाई राखेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार