free website hit counter

उत्कृष्ट अभिकर्ता सम्मानित

beemaadmin
२०८२ चैत्र २३, सोमबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको इटहरी शाखामा आवद्ध उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरिएको छ। आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत वार्षिक कार्यक्रमअनुसार अभिकर्ता भेला तथा सम्मान समारोह आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई पुरस्कृत गरिएको हो।

शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा व्यक्तिगत व्यापारतर्फ प्रथम रोजिना चौधरी, द्वितीय गीता कार्की र तृतीय रेनुका शेर्पा सम्मानित भए।

सञ्जालतर्फ प्रथम किर्तनलाल साहु, द्वितीय सन्तबहादुर तामाङ र तृतीय मनोज थापा मगरले स्थान हासिल गर्दै सम्मान प्राप्त गरे। उनीहरूलाई कोशी प्रदेश प्रमुख नरेन्द्र राईले प्रमाणपत्र र मेडलसहित सम्मान गरेका थिए।

इटहरी शाखाबाट लगातार तीन वर्षसम्म ‘नेशनल रत्न अवार्ड’ जित्न सफल सुशन चेली राई, छत्रकुमारी याखा मादेम्बा र जानुकला तामाङलाई विशेष रूपमा सम्मान गरियो। साथै, हरेक महिनामा उत्कृष्ट व्यापार गर्ने १२ जना अभिकर्ताहरूलाई ‘टप अफ द मन्थ’ पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा अभिकर्ता संघ कोशी प्रदेश अध्यक्ष किशान शाहीले कम्पनीको व्यवसाय विस्तारमा अभिकर्ताहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

शाखा प्रमुख भोजमान श्रेष्ठले अभिकर्ता पारिश्रमिक योजनाबारे जानकारी दिएका थिए भने कोशी प्रदेश प्रमुख नरेन्द्र राईले बीमा व्यवसायप्रति युवाहरूको आकर्षण बढ्दो रहेको उल्लेख गर्दै समय र प्रविधिअनुसार अघि बढे सफल हुन सकिने बताए।

कोशी प्रदेश प्रमुख नरेन्द्र राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम धरान शाखा प्रमुख प्रेम राईले सञ्चालन गरेका थिए। कार्यक्रममा पथरी शाखा प्रमुख रबिन्द्र लिङदम, इनरुवा शाखा प्रमुख रञ्जित साह, केन्द्रीय सदस्य भोला साह, इटहरी शाखा समितिका अध्यक्ष सुशन चेली राई, पथरी शाखा अध्यक्ष कृष्ण ढकाललगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार