free website hit counter

उत्कृष्ट प्रस्तुतिका लागि नेपाल लाइफको अभियान

beemaadmin
२०८० श्रावण २६, शुक्रबार

काठमाडौं । बीमा व्यवसायमा अग्रस्थानमा रही अझ अगाडि बढ्ने योजनाका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरशिप एक्सिलेन्स अवार्ड २०२३ भव्यतापूर्वक सम्पन्न भएको छ । चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम “ सार्क वर्ष पराक्रमी गति, आक्रामक नीति ” नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो । कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए । कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो ।
त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, दितिय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फ बाट क्रमस नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लागेका सम्पूर्ण प्रगतिका सहयात्रिहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका थिए । नेपाल लाइफ आफैमा जीवन बीमा क्षेत्रमा गौरवशालि इतिहास बोकेको स्थापित ब्रान्ड रहेको र यससँग जोडिन पाउनु हामी सबैको लागि हर्षको विषय रहेको बताए ।

पराक्रमी गति आक्रामक नीति नारा सहित सार्क वर्षको अवधारणालाई आत्मसाथ गर्दै कम्पनी अघी बढेको देख्दा मन प्रफुल्लित भएको बताए । जसरि सार्कले समुन्द्रमा अधिपत्व कायम गरेको हुन्छ त्यसै गरि नेपाल लाइफले जीवन बीमा क्षेत्रमा अधिपत्व कायम गर्नेमा आफु विस्वस्त रहेको कुरा जाहेर गरे । ग्राहकको सहजताका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग, लगानीको उच्च प्रतिफलका लागि लगानीको विविधिकरण गर्ने कार्यहरु शुभारम्भ भई सकेको कुरा समेत बताए ।

कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले यस कम्पनीका बीमा अभिकर्ताहरुले बीमालाई नेपालीको घरदैलोमा पु¥याउन गर्नु भएको योगदानका निम्ति धन्यवाद ज्ञापन गरे । आव २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनमा सफलताको लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै आगामी दिनमा व्यवसाय गर्दा नियमनकारी निकायद्वारा जारी गरिएका नीतिनियमको अधिनमा रही व्यवसाय गर्न सबैलाई आग्रह गरे । यसका साथ साथै एएमएल सिफटीको महत्व र अपराहर्यताको बारेमा प्रकाश पारे । उनले विगतलाई स्मरण गर्दै नेपाल लाइफ यहाँ सम्म आइपुग्दा धेरैनै उतार चढावको सामना गर्नु परेको बताए र आगामी दिन थप चुनौतिपूर्ण हुने हुँदा थप जोश र जाँगरका साथ नविनतम प्रविधिको प्रयोग गरि कार्यसम्पादन गर्न आग्रह गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित हुनु भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरे । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आ।ब। को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ।ब। को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरे । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८०र८१ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उहाँहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार