free website hit counter

उत्तर कोरियाली शासक किम जोङ उनकी श्रीमती १ वर्षदेखि बेपत्ता !

beemaadmin
२०७७ माघ २३, शुक्रबार

एजेन्सी । उत्तर कोरियाभित्र के हुन्छ बाहिरी विश्वले अनुमान मात्रै गर्ने हो । कहिले उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उन बितेरे भन्ने समाचार आउँछ । त्यो समाचारको खण्ड उनी आफैंले गर्नुपर्ने अवस्था आउँछ । अहिले उनकी श्रीमती रि सोल जू विगत १ वर्षदेखि बेपत्ता भएको समाचार आएको छ । उनी एक वर्षभन्दा धेरै समयदेखि कहीँ देखिएकी छैनन् । उनी पछिल्लो पटक किम जोंग उनसँग २५ जनवरी २०२० मा प्योंगयांगमा लुनार नयाँ वर्षको कार्यक्रममा देखिएकी थिइन् । त्यो कार्यक्रममा किम आफ्नी ७४ वर्षकी आन्टी किम क्योंग ह्युइको छेउमा बसेका देखिएका थिए । उनकी काकी पनि किम जोंग उनलाई उत्तर कोरियाको सत्ता दिलाउन सहयोग गरेपछि ६ वर्षसम्म हराएकी थिइन् । अहिले रि सोल जू बेपत्ता भएको १ वर्षभन्दा धेरै समय भइसकेको छ तर उनको बारेमा कुनै जानकारी सार्वजनिक नहुँदा स्थानीय मिडियामा प्रश्न उठ्न थालेका छन् । डेलीस्टारको रिपोर्टअनुसार किम जोंग उनले आफ्नी श्रीमतीको हत्या गराएको हल्ला समेत चल्न थालेको छ । किम जोंग उनले यसअघि पनि विभिन्न पहुँचवाला व्यक्तिको हत्या गराएको रिपोर्ट सार्वजनिक भएको पृष्ठभूमिमा रि सोल जूको विषयमा पनि यस्तो आशंका गरिएको हो । २०१३ मा किमले आफ्नी काकी किम क्योंग ह्युइका पति जांग सांगको पनि हत्या गराएका थिए ।
उत्तर कोरियाबारे लेख्ने अखबार डेलीएनकेका अनुसार रि सोल जू बेपत्ता हुनुको कारण कोरोनाभाइरस पनि हुन सक्छ । कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेसनका निर्देशक होंग मिन नेले पनि यो कुराको समर्थन गरेका छन् । रिपोर्टका अनुसार सार्वजनिक कार्यक्रममा सहभागी भएर रि सोल जू आफ्नो परिवारको लागि खतरा बन्न चाहँदिनन् । स्वयं किम जोंग उन पनि २०२० मा निकै कम कार्यक्रममा देखिएका छन् । रि सोल जूको व्यक्तिगत जीवनबारे धेरै जानकारी छैन । रिपोर्टका अनुसार उनले किम सुंग विश्वविद्यालयबाट ग्रयाजुएशन गरेकी हुन् । उनले उत्तर कोरियाको राजधानी प्योंगयांगबाट विद्यालय शिक्षा पूरा गरेपछि गायन सिक्नको लागि चीन गएकी थिइन् । रि सोल जूको एक प्रस्तुतीका क्रममा किम जोंग उनले उनलाई देखेका थिए । रि सोल जूको पारिवारिक पृष्ठभूमि प्रतिष्ठित छ । उनी कोरियल पिपुल आर्मीका पूर्व प्रमुखकी नातिनी हुन् ।
२०१२ मा स्थानीय मिडियामार्फत उनलाई किम जोंग उनकी पत्नीको रुपमा सार्वजनिक गरिएको थियो । केही रिपोर्टमा भने यी दुईले ३ वर्ष अघि २००९ मा नै बिहे गरेको दावी गरिएको थियो । रि सोल जू र किमका तीन सन्तान भएको कैयौं रिपोर्टमा दावी गरिएको छ तर उत्तर कोरियाले आधिकारिक रुपमा यसको पुष्टि गरेको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार