free website hit counter

उन्नति सहकार्य लघुवित्तको नाफामा सुधार

beemaadmin
२०८१ माघ १६, बुधबार

काठमाडौं । उन्नति सहकार्य लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ लाख ८९ हजार रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको ब्याज आम्दानीसँगै इम्पेरिमेन्ट चार्ज घट्दा नाफा भएको हो । समीक्षा अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ छ । लघुवित्तले २ करोड ९८ लाख रुपैयाँ इम्पेरिमेन्ट र्चाजमा व्यवस्था गरेको छ । साथै सञ्चान मुनाफा ९१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ३७ पैसा कायम छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २९०.०६ गुणा छ । लघुवित्तको खराव कर्जा अनुपात ८.८३ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार

नयाँ लगानीको क्षेत्र खोज्दै बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

जीवन बीमा कम्पनीसँग ७ खर्ब ३ अर्बको फण्ड

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार