free website hit counter

उन्नती र सहकार्यको एकिकृत कारोबार

beemaadmin
२०७७ असार २९, सोमबार

बुटवल । रुपन्देहीको भैरहवामा केन्द्रिय कार्यालय उन्नति लघुुवित्त वित्तीय संस्था लिमिटेड र सर्लाहीमा केन्द्रिय कार्यालय रहेको सहकार्य लघुुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै संस्थाहरूले मर्जर मार्फत २६ गते शुक्रबार एक औपराचिक कार्यक्रम गरी उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन ।

मर्जरमार्फत एकीकृत कारोबार सञ्चालन गर्नको लागि दुवै संस्थालाई नेपाल राष्ट्र बैंकले गत फागुुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । सोपश्चात् कम्पनी रजिष्टर्डको कार्यालयले भने एकीकृत कारोबारको लागि जेठ १९ गते स्वीकृति दिएको थियो । दुवै निकायबाट स्वीकृति पाएपछि संस्थाले एकीकृत कारोबारको मिति घोषणा गरेसँगै पूर्वनिर्धारित मिति २६ गतेबाट एकिकृत कारोबार सुरु गरेका हुन् ।

१५ वटा जिल्लामा लघुुवित्तसम्बन्धी कार्य गर्दै आएको उन्नती र दश जिल्लामा लघुुवित्त सम्बन्धी कार्य गर्दै सहकार्य बीच भएको भएको मर्ज पश्चात बनेको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको तीस करोड रुपैयाँ अधिकृत पुँजी, १४ करोड ९५ लाख रुपैयाँ चुक्तापुँजी, दुई अर्ब ३० करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी, ८० करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन हुनुका साथै ५० हजार भन्दा बढी सेवाग्राही पुग्ने छन् ।

५५ वटा शाखा कार्यालयहरु मार्फत २५ जिल्लामा सेवा प्रवाह गर्ने संस्थामा तीन सय भन्दा बढी कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाउनेछन् । मर्जरपछि बनेको एकिकृत संस्था उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा साविकको उन्नतीकी अध्यक्ष अनिता ढुङ्गाना शाह र प्रमुख कार्यकारी अधिकृत साविकको उन्नतीका प्रेम बहादुर पाठक रहने व्यवस्था भएको प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले जानकारी गराए ।

सम्बन्धित समाचार

नबिल बैंकको नाफामा छलाङ

beemaadmin
२०८३ श्रावण २०, बुधबार

लगानीको वातावरण तर आत्मविश्वासकाे अभाव

beemaadmin
२०८३ श्रावण २०, बुधबार

एभरेस्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो

beemaadmin
२०८३ श्रावण २०, बुधबार