free website hit counter

उपत्यकाका १८ पेट्रोल पम्प हटाउने तयारी

beemaadmin
२०७६ माघ ६, सोमबार

काठमाडौं । काठमाडौं उपत्यकाबाट १८ वटा पेट्रोल पम्प हटाइने भएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनमा बाधा पुर्‍याउने ती पेट्रोल पम्पहरुलाई हटाउन लागिएको हो । मुख्य सवारी आवगमन हुने सडक किनारा तथा घना वस्तीमा रहेको पम्पहरु मापदण्ड विपरीत भएकाले हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ट्राफिक प्रहरी महाशाखा र आयल निगमलाई पत्राचार गरेको हो ।

यी पेट्रोल पम्प हट्दैछन्
काठमाडौंका १२ र ललितपुरका ६ वटा पम्पहरु हट्नु पर्ने मन्त्रिपरिषद् कार्यालयले औंल्याएको छ । काठमाडौंको कंलकी, कोटेश्वर, महाराजगञ्ज, बौद्ध, बालाजु तथा ललितपुरको जाउलाखेल, चापागाउँ लगायतबाट पम्पहरु हट्नेछन् ।

Advertisement
Advertisement

काठमाडौंबाट हट्ने पेट्रोल पम्प
कनक पेट्रोल पम्प, कालीमाटी
कोत थुकु पेट्रोल पम्प,बालाजु
जयन्ती पेट्रोल पम्प,थापाथली
मायाराम भोलाराम पेट्रोल पम्प,थापाथली
बाबा पेट्रोल पम्प, कलंकी
श्यामा पेट्रोल पम्प, कलंकी
त्रिशुल पेट्रोल पम्प, कलंकी
भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर
कामाख्या पेट्रोल पम्प, कोटेश्वर
जुबी पेट्रोल पम्प, बौद्ध
बराल पेट्रोल पम्प, बौद्ध
सीता पेट्रोल पम्प, महाराजगञ्ज

Advertisement
Advertisement

ललितपुरबाट हटाइने पेट्रोल
साझा पेट्रोल पम्प, जाउलाखेल
एच.पी इन्टरनेश्नल, जाउलाखेल
गायात्री पेट्रोल पम्प, जाउलाखेल
बज्रबाराही पेट्रोल पम्प, चापागाउँ
बाकुमारी पेट्रोल पम्प, चापागाउँ
टिका भैरव डिजेल स्टोर, चापागाउँ

पम्पहरुलाई ट्राफिक प्रहरीको पत्र
पम्प हटाउन नेपाल आयल निगमले प्रक्रिया नथालेपनि ट्राफिक प्रहरीले भने तीन वटा शर्त राखेर पत्र पठाएको छ । प्रधानमन्त्री कार्यालयको पत्रलाई उदृत गर्दै ट्राफिकले पठाएको पत्रमा ट्राफिक व्यवस्थापन चुस्त बनाउन उपत्याकामा दिनभरी इन्धन बोकेको ट्याङ्कर नगुडाउन भनिएको छ । ट्राफिक प्रहरीको पत्रअनुसार बिहान ७ बजे अघि र बेलुकी ८ बजे पछि मात्रै ट्याकंरबाट तेल वितरण गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार