free website hit counter

उपत्यकामा थपिए १ सय ७२ संक्रमित

beemaadmin
२०७७ श्रावण ३२, आईतवार

काठमाडौं उपत्यकामा आइतबार १ सय ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा १ सय ७२ जनामा कोरोना पुष्टि भएको जनाए। संक्रमितमध्ये काठमाडौंमा १ सय २६ , ललितपुरमा ३८ र भक्तपुरमा ८ जना छन्। शनिबार काठमाडौं उपत्यकामा ९८ जनामा कोरोना पुष्टि भएको थियो। पछिल्लो २४ घन्टामा नेपालभरि ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
पर्सामा सेना परिचालन
उता, पर्सामा निषेधाज्ञामा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना परिचालन गरिएको छ । निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको हो । पर्साका सडकमा आइतबारदेखि नै सेनाले गस्ती शुरु गरिसकेको छ । वीरगञ्जमा साउन १० गतेदेखि र पुरै पर्सा जिल्लामा साउन १९ गतेदेखि निषेधाज्ञा छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार