free website hit counter

उपत्यकामा १५९९ सहित २२५३ जनामा कोरोना, आइसियु र भेन्टिलेटरमा २६० जना

beemaadmin
२०७७ आश्विन १८, आईतवार

काठमाडौं । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

आइसियु र भेन्टिलेटरमा २६० संक्रमित
देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ६० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३४ जना भेन्टिलेटरमा र २२६ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११२ जना आइसियु र २७ जना भेन्टिलेटर, प्रदेश ५ मा ४४ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा २८ जना आइसियु र १ जना भेन्टिलेटरमा र प्रदेश २ मा १७ आइसियु उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदुरपश्चिममा ४ जना आइसियु गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १५ आइसियुमा उपचाररत रहेका छन्।

सम्बन्धित समाचार