free website hit counter

उपप्रधानमन्त्रीको तलब बढ्दा प्रधानमन्त्रीको किन बढेन

beemaadmin
२०७६ कार्तिक २४, आईतवार

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरुले लिँदै आएको पारिश्रमिकलाई एकै मुष्टमा सर्वोच्च अदालतलले बदर गरे पनि संघीय सरकारका सदस्य र जनप्रतिनिधिहरुको भने तलब वृद्धि भएको छ । राष्ट्रसेवक कर्मचारीहरुको तलब प्रतिशतका आधारमा वृद्धि गरेको सरकारले उपप्रानमन्त्रीदेखि राष्ट्रिय योजनाआयोगका सदस्यसम्मको तलब भने एकमुष्ट लगभग १० हजारका दरले वृद्धि गरेको छ । राष्ट्र सेवक कर्मचारीको तलब १८ देखि २० प्रतिशत वृद्धि गरेको सरकारले आङ्खनै मन्त्रीमण्डलका सदस्यहरु, उपसभामुख, संघीय संसदका सदस्यहरु, योजना आयोगका पदाधिकारीहरु र प्रदेश प्रमुखको तलब वृद्धि गरेको छ । ०७६ साउन १ गते लागू हुने गरी केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले सरकारका पदाधिकारी, संघीय संसदका सदस्यहरु र राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरुको तलब एकमुष्ट रुपमा वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ तलबमान लागू गर्नका लागि सम्बन्धित निकायमा पत्राचार भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ । मन्त्रिपरिषद्मा तलब वृद्धिका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, संघीय संसदका सभामुखको भने तलब वृद्धिको प्रस्ताव लगिए पनि निर्णय नभएको स्रोतको दाबी छ । उनीहरुबाहेक अन्यको वृद्धि भएको तलबमानअनुसार उपप्रधानमन्त्रीले मासिक ७५,६४०, प्रदेश प्रमुखको ७४२४०, मन्त्रीको ७०७३०, राज्यमन्त्रीको ६७०३०, र सहायकमन्त्रीको ६५५३० रहेको छ । यसैगरी संघीय संसदका पदाधिकारीहरुमा उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको नेता, मुख्य सचेतकको तलबमान एउटै ७०७३० रहेको छ । यसैगरी संघीय संसदकै विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षका सचेतक, संघीय संसदका समितिका सभापतिहरुको पनि तलबमान एउटै ६७०३० रहेको छ भने संघीय संसदका सदस्यहरुको तलबमान ६४०७० रहेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको ७०७३० र सदस्यहरुको ६५५५० तलबमान तोकिएको छ । तोकिएको तलबमान आर्थिक वर्षको शुरुआत साउनदेखिनै लागू भए पनि कात्तिक महिनाको तलबमा मात्रै थप भएको तलब जोडिए आउने बताइएको छ ।

वृद्धि भएको तलबमान यस्तो छ

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार