free website hit counter

उपभोक्ता नियमावली एक वर्षदेखि अलपत्र

beemaadmin
२०७६ मंसिर २३, सोमबार

काठमाडौं । उपभोक्ता संरक्षण ऐन २०७५ आएको एक वर्ष बितिसकेको छ । ऐनले उपभोक्ताको अधिकारलाई विगतको तुलनामा स्थापित गर्दै अनुगमनको क्षेत्रमा अझ सक्रियता बढाउने व्यवस्था गरेको थियो । उपभोक्तावादी संघ संस्थाहरुको व्यापक दवाव र चासोपछि सरकारले ऐन ल्याएको भए पनि नियमावली आउन नसक्दा ऐन निर्दिष्ट गरेका व्यवस्था कार्यान्वयनमा आउन सकेका छैनन् ।

उपभोक्ता ऐन २०७५, गत असोजबाटै लागू गरिएको घोषणा गरिए पनि उपभोक्ता संरक्षण नियमावली गत पुसमै बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय पठाएको थियो । नियमावली जारी नहुँदा विभागबाट हुने अनुगमन प्रभावकारी हुन नसकेको बताइएको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनकै पालामा नियमावली तयार गरेर मन्त्रालय पठाइएको भए पनि अहिलेसम्म उक्त नियमावली पास भएर विभाग फर्केको छैन । मन्त्रालयले अर्थ मन्त्रालयले नियमावलीको सन्दर्भमा सहमति लिएको थियो । अर्थले केही काँटछाट गरेर मन्त्रालय पठाएको नियमावली कानुन मन्त्रालयले भने व्यापक काँटछाट गरेको उपभोक्तावादी संघ संस्थाहरुको दाबी छ । ऐनको मर्म नै भत्किने गरी व्यापारीहरुको उक्साहटमा लागेर कानुन मन्त्रालयले नियमावली कमजोर बनाएको दाबी गरिएको छ । कानुन मन्त्रालयबाट पनि सहमतिपश्चात आएको नियमावली अहिले कहाँ पुगेर अड्किएको छ भन्ने कुरा बाणिज्य विभागका कर्मचारीलाई समेत अत्तोपत्तो छैन ।

 

बाणिज्यका एक कर्मचारीले उक्त नियमावली मन्त्रिपरिषद्मा पुगेको हल्ला आफूले सुनेको बताए । तर उद्योग मन्त्रालयबाट उक्त नियमावली प्रस्ताव मन्त्रिपरिषदमा नपुगेको बताइएको छ । मन्त्रालयमै उक्त नियमावली थन्किएको हुनसक्ने अनुमान गरिएको छ । उपभोक्ता अदालत लगायत अनुगमनलाई थप सक्रिय र प्रभावकारी बनाउन उपभोक्तामैत्री नियमावली बनाएको विभागले अहिले उक्त नियमावली काँटछाँट गरेर लथालिंग बनाइएकोमा विभागकै अधिकारीहरु समेत असन्तुष्ट छन् ।

उपभोक्तालाई राहत दिने होइन व्यापारीलाई पोस्ने किसिमले उक्त नियमावलीमा व्यवस्था गरिएका कारण यस्तो नियमावली जारी हँुँदा उपभोक्तालाई कुनै फाइदा नभएको उपभोक्ता मञ्च नेपालका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठले बताए । आफूहरुले उपभोक्ता अदालतको पक्षमा उठाउँदै आएको आवाज ऐनले आत्मसाथ गरे पनि नियमावलीमा हटाइएको भन्ने सुनिएको र यस्तो हो भने आफूहरुलाई सैह्य नहुने उनले बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले बाणिज्य विभागले आफूहरुसँग सहकार्य नै नगरीकन नियमावली बनाएको आरोप लगाउँदै उनले राज्यले व्यवसायीलाई पोस्ने किसिमले कुनै पनि ऐन नियम बनाउन नहुने बताए । उनले बाणिज्य विभागले उपभोक्तावादी संघसंस्थासँग सहकार्य गर्ने कार्यमा अग्रसरता देखाउन नसकेकोमा आपत्ति जनाए । उपभोक्ता मञ्च नेपालका सचिव शत्रुधनप्रसाद देवले ऐनलाई नै कार्यान्वयन गर्न काफी भएका कारण नियमावली नहुँदा पनि फरक नपर्ने धारणा राखे । विभाग आफैंले ऐनलाई पालना नगरेको आरोप लगाउँदै देवले नियमावली नआएको बहाना बनाएर विभाग उपभोक्ताको हक अधिकार स्थापित गर्न पन्छिइ रहेको आरोप लगाए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार