काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले साढे ४ महिनापछि प्रमुख कार्यकारी अधिकृत सीईओ पाएको छ । २०७८ मंसिरदेखि नेतृत्वविहीन बनेको कम्पनीले नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझालाई कम्पनीको सीईओको रुपमा पाएको हो । सरकारले गत चैत १३ गते नै ओझालाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई चैत १५ गतेदेखि नै लागू हुने गरी सीईआको कार्यभार सम्हाल्ने जिम्मेवारी दिएको हो । यसअघि राष्ट्रिय बीमा कम्पनीमा नेपाल सरकारका उपसचिव डा। डिल्लीराज अर्याल सीईओ थिए । उनलाई सरकारले फिर्ता बोलाएपछि सीईओ पद रिक्त रहेको थियो ।