free website hit counter

उपेन्द्रले ध्यान नपुर्याउँदा विशेषज्ञ पद खाली

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्राथमिकता नदिँदा मन्त्रालयमा तीन जना विशेषज्ञ पद खाली छ । विगत लामो समयदेखि रिक्त रहेको विशेषज्ञ पद पूर्तिका लागि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन । पाँच जना १२औं तह (विशेषज्ञ) पद रहने मन्त्रालय र मातहतमा अहिले दुई जनामात्रै विशेषज्ञ कार्यरत छन् ।

डा. सुशील प्याकुरेल गत भदौबाटै अवकाश पाएका हुन् । स्वास्थ्य सेवा विभागको डिजीबाट अवकाश पाएका प्याकुरेलको म्याद थपका लागि प्रस्ताव लगिए पनि निर्णय हुन सकेन । त्यसैगरी डा. तरुण पौडल गत ०७४ मंसिरमै र डा. बिनोदमान श्रेष्ठ ०७४ फागुनमै अवकाश पाएपछि विशेषज्ञ पद रिक्त रहँदै आएको हो ।

उक्त पदपूर्तिका लागि मन्त्रीले गम्भीर ध्यान नपुर्याएको बताइन्छ । उक्त पदमा जानका लागि मन्त्रालय र विभागमा कार्यरत डा. रोशन पोखरेल, डा. दिपेन्द्ररमण सिंह, महेन्द्रप्रसाद श्रेष्ठ, डा. भीमसिंह टिंकरी, डा. केदार सेन्चुरी, डा. गुणराज लोहनीलगायत ११ तहमा कार्यरत अन्य चिकित्सकहरुको दौडधूप रहेको बताइन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार