free website hit counter

उपेन्द्रले सत्ता छाड्ने यस्ताे रैछ झड्का

beemaadmin
२०७६ पुष ८, मंगलवार

काठमाडौं । २०७५ साल जेठको दोस्रो साता ओली नेतृत्वको सरकारमा सहभागीता जनाएका तत्कालिन संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अन्ततः आजबाट ओली नेतृत्वको सरकार छाडेका छन् । मंसिर पहिलो साता मन्त्रिमण्डल पुनर्गठन गर्दा सोध न खोज मन्त्रालय परिवर्तन गरिएका यादवले त्यतिबेलै सरकार छाड्ने अनुमान गरिएको थियो । तर संविधान संशोधनको मुल कार्यभार पूरा नभएको भन्दै फेरिएको मन्त्रालयमा बहाली गर्न पुगेका यादव नयाँ मन्त्रालय बहाली गरेको महिना दिन पनि नपुग्दै सत्ता छाड्न पुगेका छन् ।

उनीसँगै सरकारमा सहभागी शहरी विकास मन्त्री इस्तियाक राईले पनि राजीनामा दिएका छन् । यादव र राईले आज राजीनामा बुझाएका हुन् । सोमबार ४ बजे बसेको मन्त्रिपरिषद्को बैठकमा यादवले आफैंले हस्ताक्षर गरेर संविधान संशोधनका लागि कार्यदल बनाउने प्रस्ताव राखेपछि प्रधानमन्त्री ओली र यादवबीच पाँच मिनेटसम्म गलफत्ती चलेको थियो ।

मन्त्रिपरिषद्मा मन्त्रालयको तर्फबाट लाने प्रस्तावमा मन्त्रिस्तरीय निर्णय भए पनि सचिवको हस्ताक्षर हुनुपर्ने प्रावधान रहे पनि मन्त्री यादवले आफैं हस्ताक्षर गरेर ठाडो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेका थिए । मन्त्री यादवले संविधान संशोधनको लागि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा कार्यदल गठनको एजेण्डा मन्त्रिपरिषद्को बैठकमा राखेपछि प्रधानमन्त्री ओलीले संविधान संशोधन मादल बजाएजस्तो नभएको भन्दै, जतिबेला मादल बज्यो उतिबेला नाच्ने हो ?

भन्दै यादवलाई चर्को स्वरमा जवाफ फर्काएपछि भनाभन शुरु भएको मन्त्रिपरिषद् स्रोतले बताएको छ । आफ्नो प्रस्ताव मन्त्रिपरिषमै छलफल हुन नपाएपछि र प्रधानमन्त्रीले पनि संम्झाउने भन्दा पनि हकार्ने शैलीमा प्रस्तुत भएपछि यादव सत्ता छाड्ने मनस्थितिमा पुगेका हुन् । यादवले मन्त्रिपरिषद्मा भएका गतिविधिका बारेमा पार्टी पदाधिकारी बैठकमा आज ब्रिफिङ गरेका थिए । पदाधिकारी बैठकमा ब्रिफिङ लगत्तै पार्टीले सरकार छाड्ने निश्कर्षमा पदाधिकारीको सुझाव बमोजिम यादव र राईले राजीनामा बुझाएको पार्टीका नेता डा. शिवजी यादवले बताउनुभयो । त्यसपछि संसदीय दलको बैठक बसेको थियो ।

बुधबार पार्टीको आधिकारीक बैठक बसी आगामी रणनीति तय गर्ने नेता यादवले जानकारी दिनुभयो । डा. बाबुराम भट्टराईको नयाँ शक्तिसँग पार्टी एकीकरणपछि समाजवादी पार्टी नेपालका अध्यक्ष यादवको करिब ढेड वर्षको वर्तमान सरकारसँगको यात्रा मंगलबारबाट टुटेपछि प्रदेश नं. २ को सत्ता समिकरण पनि परिवर्तन हुने अड्कल बाजी गरिएको छ ।

 

यस्ताे थियाे कार्यदल गठन गर्ने उपेन्द्रकाे प्रस्ताव :

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार