free website hit counter

उपेन्द्र महताेकाे नेतृत्वमा १० अर्ब लगानीमा खुल्दैछ अन्नपूर्ण पुनर्बीमा कम्पनी

beemaadmin
२०७७ असार ९, मंगलवार

काठमाडौं । नेपालको बीमा व्यवसाय फस्टाउँदो अवस्थामा छ । २५/२६ प्रतिशत नागरिक मात्रै बीमाको पहुँचमा पुगेका कारण सिंगो बजार खाली रहेका कारण बीमा व्यवसायमा आकर्षण देखिएको हो । १० अर्ब रुपैयाँ लगानीमा नयाँ बीमा कम्पनी खुल्ने भएको छ । नयाँ कम्पनीको नाम अन्नपूर्ण रिइन्स्योरेन्स लिमिटेड राखिने भएको छ । १० अर्ब रुपैयाँमा प्रवद्र्धकको लगानी ७ अर्ब ५० करोड र सर्बसाधारणको लगानी २ अर्ब ५० करोड राख्ने प्रस्ताव गरिएको छ । प्रवद्र्धकको ७५ प्रतिशत र सर्बसाधारणको २५ प्रतिशत लगानी हुनेछ । नयाँ कम्पनीमा नेपाल सरकारले १ अर्ब, जीवन र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब, बीमा कम्पनीका प्रवद्र्धकहरुले १ अर्ब, बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब व्यवसायिक घरानाले २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ । नयाँ कम्पनी खोल्न डा. उपेन्द्र महताे, उनका भाई डा. बीरेन्द्र महताे, शंकर ग्रुपका कार्यकारी अध्यक्ष शाहिल अग्रवाल लगायत व्यक्तिहरु सक्रिय रहेका छन् भने कानुनी प्रक्रियाको काम शंकर ल र्फमले गरिरहेको छ ।

सम्बन्धित समाचार