free website hit counter

एनआईसीले ल्यायो अत्याधुनिक प्रविधि

beemaadmin
२०७६ पुष ७, सोमबार

काठमाडौं । ग्राहलाई दिने सुविधा वृद्धिगर्दै लगेको एनआईसी एशिया बैंकले सूचना प्रविधिको प्रयोगमा पनि उस्तै फड्को मार्दै गएको छ । ग्राहकलाई गुणस्तरीय सेवा दिने उद्देश्य अनुरुप इन्टरेक्टीभ भ्वाइस रेस्पोन्स (आइभीआर) सेवा सञ्चालनमा ल्याएको छ ।

यस्तो सेवा ल्याउने एनआईसी एसिया बैंक नेपालमा पहिलो हो । ग्राहकवर्गले आइभीआर सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आइभीआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सक्ने बैंकले बताएको छ । यो सेवा प्रयोग गर्नका लागि बैंकका ग्राहकले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आइभीआर सेवा दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया एसएमएस वा फोन कल दुबै माध्यमबाट गर्न सकिने बैंकले जनाएको छ ।

पहिलो पटक दर्ता गर्नका लागि आइभीआर इस्पेस आफ्नो खाता नम्बर (IVR<space>Account Number) टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ । दर्ता प्रक्रिया समाप्त भए पश्चात आइभीआर सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सक्ने बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार