free website hit counter

एउटा बलात्कार विरुद्ध जब सिंगो शहर सडकमा निस्कियो

beemaadmin
२०७७ भाद्र १३, शनिबार

एजेन्सी । ठूला आन्दोलन र युद्धको शुरुआत सानो विषयबाटै हुन्छ । इजरायलमा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ । इलिट शहरमा रहेको एक होटलमा १६ वर्षकी एक किशोरीलाई ३० जनाले लाइन लागेर पालैपालो बलात्कार गरेको घटनाविरुद्ध हजारौंको संख्यामा सडकमा नागरिक सडकमा उत्रिएका छन् ।
यो घटनालाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मानवताविरुद्धको अपराध भनेका छन् । डेलीमेलको रिपोर्टअनुसार इलिट शहरको एक होटलमा सबै आरोपी पीडित किशोरीको कोठाबाहिर लाइनमा उत्रिएका थिए । यी सबै आरोपीले एक अर्कालाई चिन्दैनथे । यी सबै पीडित किशोरीलाई मेडिकल सहयोग गर्ने बहानामा उनको कोठामा पसेका थिए । यो घटनाको बारेमा पीडित किशोरीले स्वयं पुलिसलाई बताएकी हुन् । पीडित किशोरीले यो घटनाको बारेमा पुलिसलाई अघिल्लो हप्ता नै सूचित गरेकी थिइन् तर यो विषय त्यतिबेला चर्चामा आयो जब स्थानीय मिडियामा पीडित किशोरीलाई उद्धृत गर्दैै रिपोर्ट प्रकाशित भयो । रिपोर्टका अनुसार यो घटनाको सम्बन्धमा २ जनालाई पक्राउ गरिएको छ । पुलिस प्रवक्ता मिकी रोसेनफेल्डले समाचार एजेन्सी एएफपीलाई यो घटनाका सम्बन्धमा २ जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।
स्थानीय मिडिया रिपोर्टपछि कैयौं बहरमा प्रदर्शनकारीहरु सडकमा उत्रिए । स्थानीय मिडिया रिपोर्टमा बताइएअनुसार आरोपीहरु पीडित किशोरीको कोठाबाहिर लाइन लागेर उभिएका थिए । घटनालाई लिएर प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसका लागि आफूसँग कुनै शब्द नभएको बताए । उनले यो केवल किशोरीविरुद्ध अपराध नभइ मानवताविरुद्धको अपराध भएको बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार