free website hit counter

एउटै कार्यालयमा पोष्टिङ भएका दुई सहसचिव यसरी परे अख्तियारको फन्दामा

beemaadmin
२०७७ श्रावण १७, शनिबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव कृष्णकान्त उपाध्यायलाई नागढुंगा चेकपोष्टबाटै पक्राउ परेको काण्डले स्थानीय तहमा हुने गरेको अनियमिततालाई उजागर गरेको छ । उपाध्यायलाई रकम र बैंक भौचरसहित पक्राउ गर्नुले उपल्ला तहका कर्मचारीहरु भ्रष्टाचारमा कति लिप्त छन् भन्ने कुरा प्रष्ट हुन्छ ।

भुमिसुधार तथा सहकारी मन्त्रालयमा कार्यरत सहसचिव चन्द्रकला पौडेलका श्रीमान उपाध्याय गत वर्ष मात्रै फाइल बढुवाबाट सहसचिव भएका थिए । उपसचिवमा रहँदा पनि तुल्सीपुर उपमहानगरपालिकामै कार्यरत रहेका उपाध्याय सहसचिवमा बढुवा भएपछि प्रदेश प्रमुख कार्यालय ५ नम्बर प्रदेश बुटवलमा सरुवा तथा पदस्थापना गरिएको थियो । तर उपाध्यायले उक्त कार्यालयमा नगई तुल्सीपुरमै आफ्नो दरबन्दी कायम गराएका थिए । उपाध्याय लामो समय स्थानीय तहमा काम गर्ने कर्मचारीका रुपमा चिनिन्छन् । स्याङ्जा निवासी उपाध्यायलाई अख्तियारले शुक्रबार साँझ पक्राउ गरेको थियो ।

उपाध्यायको सरुवा बदर भएपछि प्रदेश प्रमुख कार्यालय बुटवलमा गत महिना संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले टीकाराम ज्ञवालीलाई सरुवा गरेको थियो । ज्ञवालीको पनि फाइल बढुवामा परेका सहसचिव हुन् । सहसचिव बढुवा लगत्तै उनको पदस्थापना प्रदेश प्रमुख कार्यालयमा भएको थियो । तर उनी त्यहाँ हाजिर हुन गएनन् । हाजिर नभई बसेकै अवस्थामा अख्तियारले नवलपरासी मालपोत कार्यालय प्रमुख भएको अनियमितताको छानविनमा क्रममा अख्तियारले मुद्दा दायर गरेपछि उनी पनि निलम्बनमा परेका थिए ।

यसरी प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएका दुई सहसचिव नगएपछि अहिलेसम्म सो कार्यालय सचिवविहीन बन्न पुगेको छ । सनतकुमार दुवाडीको सरुवा राष्ट्रपति कार्यालयमा भएपछि त्यसयता हालसम्म संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बस्ने र टिक्ने खालका सहसचिव पठाउन सकेको छैन । निमित्तकै भरमा उक्त कार्यालय सञ्चालन हुँदै आएको छ । उपसचिव चिरञ्जीवी पौडेलले निमित्त सचिवको जिम्मेवारी सम्हालेको एक वर्ष पुग्न लाग्दा पनि सामान्यले सचिव पठाउन नसक्नु दुर्भाग्य हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार